Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड,माधव र झलनाथको वैठकमा मिसिए विप्लव

प्रचण्ड,माधव र झलनाथको वैठकमा मिसिए विप्लव

  • बुधवार, आषाढ २६ २०८१

  • 3.2K
    SHARES

  • प्रचण्ड,माधव र झलनाथको वैठकमा मिसिए विप्लव

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग छलफल गरिरहेको बेलामा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि मिसिनु भएको छ।

    सरकारमा उत्पन्न पछिल्लो गतिविधीकाबारे प्रधानमन्त्री प्रचण्डसँग नेपाल र खनालको छलफल चलिरहेका बेला महासचिव विप्लव समेत बालुवाटार पुग्नु भएको स्रोतले जनाएको छ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबिच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा भेटवार्ता र छलफल भएको हो। आजको बैठक प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्मा विश्वासको मत लिँदै हुनुहुन्छ, यसमै केन्द्रीत छ।

     


    बुधवार, आषाढ २६ २०८१०५:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij