Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेमाथि पार्टीले पासपोर्ट र सहकारी प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल

रवि लामिछानेमाथि पार्टीले पासपोर्ट र सहकारी प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल

  • बुधवार, आषाढ २६ २०८१

  • 761
    SHARES

  • रवि लामिछानेमाथि पार्टीले पासपोर्ट र सहकारी प्रकरणमा छानबिन गर्नुपर्छ : मुकुल ढकाल
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मुकुल ढकालले सभापति रवि लामिछानेमाथि स्वतन्त्र छानबिन गर्न माग गर्नुभएको छ। सर्वोच्च अदालतले समेत सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन हुनुपर्ने आदेश सुनाएको भन्दै महामन्त्री ढकालले पार्टीले पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताउनुभयो।
     
    ‘सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ भन्ने कुरामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा श्रेष्ठको राय एउटै छ। राजीनामा दिने कि नदिने कुरामात्रै उहाँहरूको राय माझिएको हो। सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने नजिर स्थापित गरेको छ,’ बुधबार आयोजित पत्रकार सम्मेलनमा ढकालले भन्नुभयो।
     
    उहाँले सहकारी ठगीसम्बन्धी जाहेरी कतै नपरेको रवि लामिछानेको दाबी अदालतले गलत साबित गरेको बताउनुभयो। पार्टीको भविष्य जोडिएकाले उहाँले पासपोर्ट प्रकरणमा पनि लामिछानेमाथि छानबिन हुनुपर्ने बताउनुभयो।
     
    ‘रवि लामिछानेमाथि कुनै जाहेरी नपरेको कुरा सर्वोच्चले गलत साबित गरेको छ। त्यसैले पार्टीले पनि तत्काल रवि लामिछानेविरुद्ध छानबिन गर्नुपर्छ। पासपोर्टको सवालमा पनि छानबिन गर्नुपर्छ। त्यसमा कहिल्यै चुनाव लड्न नमिल्ने कुरा पार्टीसँग सम्बन्धित भएकाले पार्टीको भविष्य जोडिएको छ। पार्टीलाई जोगाउनु पनि पर्नेछ,’ उहाँले भन्नुभयो।
     
    उहाँले त्यो छानबिन रवि क्लबबाट नभएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुनुपर्ने बताउनुभयो। समितिमा पनि रवि क्लबबाहेक मानिसहरू राख्नुपर्ने उहाँले बताउनुभयो। ढकालले आफ्नो निलम्बन कानुनसम्मत नभएकाले आफू अहिले पनि रास्वपाको महामन्त्रीमा कायमै भएको बताउनुभयो। ‘नेपालको संविधान, मूल्यमान्यता र दलसम्बन्धी ऐनअनुसार मेरो निलम्बनको प्रक्रिया मिलेको छैन। म अहिलेसम्म महामन्त्री थिएँ र छु। रवि लामिछानेको क्लबबाट मात्रै निष्कासित गरिएको हो,’ उहाँले भन्नुभयो।
     
    उहाँले पार्टी रवि लामिछाने क्लबमा परिणत गरेको र इलिटहरूको कब्जामा पुगेको दाबीसमेत गर्नुभएको छ। केन्द्रीय कमिटी बैठक लाइभ गर्ने प्रस्ताव गर्दा रवि लामिछानेले सिंगो केन्द्रीय कमिटीलाई खबरदार भन्दै तर्साएको उहाँको आरोप छ। आफूविरुद्ध उत्रिएर सिंगो केन्द्रीय कमिटीले नाङ्गो नाच देखाएको उहाँको आरोप छ। 
     
    उहाँले रवि लामिछानेले कुनै कुराको पनि जिम्मा नलिने गरेको आरोप लगाउनुभयो। लाइभको विषय पनि केन्द्रीय सदस्यहरूमाथि दोष थोपारिदिएको उहाँको आरोप छ।
     
    उहाँले जनताभन्दा ठूलो रवि लामिछाने नभएकाले आफू जनताको प्रश्न मात्रै गरेको बताउनुभयो। ढकालले अर्को महिना फेरि  प्रस्ताव यात्रामा निस्किने बताउनुभयो। ‘आगामी महिना प्रस्ताव यात्रा गर्दैछौं। त्यसमा मैले जनतासँग सोध्नेछु। मैले के बोल्न हुन्थ्यो के बोल्न हुँदैनथ्यो,’ उहाँले भन्नुभयो।


    बुधवार, आषाढ २६ २०८१०५:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij