काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको आरोप लगाउनु भएको छ।
माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै ओलीले धोका दिएको टिप्पणी गर्नुभएको हो।
उहाँले कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भएपनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताउनु भएको थियो।
आँफुले राजीनामा दिएर नभाग्ने भन्दै संसदको फेस गर्ने अधिकार प्रधानमन्त्रीमा रहेकाले फेस गर्ने उहाँको भनाई थियो। उहाँले अन्य राजनीतिक दललाई पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न अनुरोध गरेको एक सांसदले जानकारी दिनुभयो।