Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

परराष्ट्र सचिव सेवा लम्साल नयाँदिल्ली जाँदै

परराष्ट्र सचिव सेवा लम्साल नयाँदिल्ली जाँदै

  • बुधवार, आषाढ २६ २०८१

  • 608
    SHARES

  • परराष्ट्र सचिव सेवा लम्साल नयाँदिल्ली जाँदै

    काठमाडौं। परराष्ट्र सचिव सेवा लम्साल आज भारतको राजधानी नयाँदिल्ली जाँदै हुनुहुन्छ। 

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो।

    त्यस अवसरमा बिम्स्टेकको प्रारूपभित्र रहेर सहमति भएअनुरूप क्षेत्रीय चासो, सहयोग एवम् साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

    रिट्रिटमा सहभागी हुनुहुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवम् प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

    परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनुहुनेछ। सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ।


    बुधवार, आषाढ २६ २०८१०३:०६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij