Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेमा ‘ह्वीप’

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेमा ‘ह्वीप’

  • बुधवार, आषाढ २६ २०८१

  • 1.1K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेमा ‘ह्वीप’

    काठमाडौं। नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेको छ। शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्दै आज एमालेले सोही दिन प्रधानमन्त्री प्रचण्डले संसदबाट लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।

    असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। कांग्रेस–एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ।

    सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो। तर,प्रचण्डले विश्वासको मत पाउने संभावना भने छैन।


    बुधवार, आषाढ २६ २०८१०२:२३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij