Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणः छानबिन समितिले पीडितसँग पनि छलफल गर्ने

सहकारी प्रकरणः छानबिन समितिले पीडितसँग पनि छलफल गर्ने

  • मंगलवार, आषाढ २५ २०८१

  • 700
    SHARES

  • सहकारी प्रकरणः छानबिन समितिले पीडितसँग पनि छलफल गर्ने

    काठमाडौं।सहकारीको बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले अब सहकारी पीडितसँग पनि छलफल गर्ने भएको छ। समितिको आजको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

    सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिसँग भोलीको बैठकमा छलफल गरिने समिति संयोजक सूर्य थापाले जानकारी दिनुभयो।

    सहकारी क्षेत्रलाई व्यवस्थित गर्न र तथ्य प्रमाणसम्म पुग्न पीडितहरुको सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ छ। त्यस्तै आज सहकारी विभागका पूर्वरजिष्टारदेखि हालका रजिष्टारसँग सामूहिक छलफल गरिएको छ।

    छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको थापाले बताउनुभयो।

    आजको छलफलमा सहकारी विभागका पूर्व र वर्तमान रजिष्टारहरुले ऐन–नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा बेवास्ता गर्दा बचतकर्ताहरुको रकम अपचलन भएको भनाइ राखेका थापाले बताउनुभयो।


    मंगलवार, आषाढ २५ २०८१०५:१३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij