Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढ्यो

नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढ्यो

  • मंगलवार, आषाढ २५ २०८१

  • 873
    SHARES

  • नेप्से परिसूचक १५ दशमलव ७९ अंकले बढ्यो

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५ दशमलव ७९ अंकले बढेको छ । आजको कारोबारमा परिसूचक शून्य दशमलव ७३ प्रतिशतले बढेर २१५२ दशमलव १४ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

    विभिन्न ३१६ कम्पनीका ११ लाख ६६ हजार एक हजार २०८ कित्ता शेयर पाँच अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८८५ मा कारोबार भएको छ ।

    आजको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले बढेको छ ।

    त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२को शेयर मूल्य पाँच दशमलव ४७, नेपाल फाइनान्सको चार प्रतिशत, बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य तीन दशमलव ९० प्रतिशतले घटेको छ ।


    मंगलवार, आषाढ २५ २०८१०४:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij