काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनु भएको छ। अध्यक्ष ओली अस्वस्थ बनेपछी मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक पनि बुधबारसम्मका लागि स्थगित भएको छ ।
अध्यक्ष ओलीलाई दाँत दुख्ने समस्याले सताएपछि हिजो सोमबार एउटा दाँत निकाल्नुभएको थियो। सोही कारण थप समस्या नहोस भने आज बैठक स्थगित गरिएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
निकट एक नेताले भन्नुभयो,‘अध्यक्षज्यूलाई दाँतले दुःख दिएको थियो। त्यो दाँत सोमबार निकालिएको छ,आजको बैठकमा बोल्दा थप समस्या हुनसक्छ भनेर बैठक बुधबारलाई सारिएको हो ।’ओली अहिले अहिले निवासमै आरामरत रहेको सचिवालयले बताएको छ ।