Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र मन्त्रीहरु खोई !

प्रधानमन्त्री र मन्त्रीहरु खोई !

  • मंगलवार, आषाढ २५ २०८१

  • 1.9K
    SHARES

  • प्रधानमन्त्री र मन्त्रीहरु खोई !

    काठमाडौं । सरकारमा जान तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसदमा आएर जानकारी गराउन माग गर्नुभयो ।

    उहाँले कञ्चनपुरमा बाढीका कारण विभिन्न प्रकारका घटना घटेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । लेखकले भन्नुभयो–कहाँ कति क्षति भएको छ पत्रिका पढेर थाहा पाउनु परेको छ, कमसेकम सरकारले यो सदनमा आएर देशभरिमा अविरल वर्षाका कारण बाढी पहिरो, डुबानका कारणले कति क्षति भयो, कति मानिस घाइते भए, कति मानिसको ज्यान गयो ? कति विस्थापित छन् ? घाइतेहरूको अवस्था के छ ? विस्थापित भएकाहरूलाई कसरी पुनर्स्थापित गर्ने भन्ने सम्मका कुरा सरकारले जानकारी गराएको छैन ।’

    अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका कारण समस्या उत्पन्न भएको र त्यसबारेमा सदनमा जानकारी गराउन आग्रह गर्नुभयो ।

     


    मंगलवार, आषाढ २५ २०८१०२:०३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij