Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी

  • सोमवार, आषाढ २४ २०८१

  • 1.7K
    SHARES

  • प्रधानमन्त्रीलाई थप दुई मन्त्रालयको जिम्मेवारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थप दुई मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। आज राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका मन्त्रीहरुले राजिनामा दिएका दुई मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ‘प्रचण्ड’लाई तोक्नुभएको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले पदबाट राजीनामा दिनुभएपछि आज राष्ट्रपति पौडेलले उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभएको हो।

    स्वास्थ्य मन्त्री यादव,वातावरणमन्त्री सुडी र स्वास्थ्य राज्यमन्त्री खानले प्रधानमन्त्री प्रचण्डसमक्ष नेपालको संविधानको धारा ७७को उपधार २को खण्ड क बमोजिम पदबाट राजीनामा दिनुभएको हो।

    राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा उहाँहरुले सम्हाल्दै आउनुभएको उक्त मन्त्रालयहरुको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।


    सोमवार, आषाढ २४ २०८१०५:४४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij