Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मौद्रिक नीतिका विषयमा गभर्नरसँग छलफल गरिने

अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मौद्रिक नीतिका विषयमा गभर्नरसँग छलफल गरिने

  • सोमवार, आषाढ २४ २०८१

  • 411
    SHARES

  • अर्थ र प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मौद्रिक नीतिका विषयमा गभर्नरसँग छलफल गरिने
    काठमाडौं । संघीय संसद् अन्तर्गतका दुईवटा समितिका बैठक आज बस्दैछन् । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र अर्थ समितिको बैठक बस्न लागेको हो ।
     
    सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल हुने बताइएको छ ।
     
    यस्तै, अर्थ समितिको बैठक दिउँसो २ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।


    सोमवार, आषाढ २४ २०८१०८:०२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij