Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

असार २८ सम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाउँछौँ : बर्तौला

असार २८ सम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाउँछौँ : बर्तौला

  • आइतवार, आषाढ २३ २०८१

  • 873
    SHARES

  • असार २८ सम्म मन्त्रालय भागबण्डाको विषय टुङ्गो लगाउँछौँ : बर्तौला
    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताउनुभएको छ । आइतबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
     
    प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भए पनि मन्त्रालय भागबण्डाको विषय भने टुङ्गोमा नपुगिसकेको बताउनुभयो । उहाँले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतिको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरूसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुङ्गो लगाउने बताउनुभयो ।
     
    प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुङ्गो लगाउनेगरी कांग्रेससहितका दलहरूसँग छलफल हुने बताउनुभयो ।
     
    प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुङ्गिन केही समय लाग्ने बताउनुभयो ।


    आइतवार, आषाढ २३ २०८१०५:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij