काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्नुुभएको छ ।
आज साँझ राष्ट्रपति भण्डारीले उपाध्यक्ष गौतमलाई शितल निवासमा बोलाएर पार्टी विवादबारे छलफल गर्नुभएको हो ।
भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकताका लागि भूमिका खेल्न आग्रह गरेको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताउनुभयो ।
पछिल्लो समय नेकपमा अध्यक्षद्वयको विवाद उत्कर्षमा पुगेको छ ।