Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा बैठक भोली बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक भोली बस्ने गरी स्थगित

  • आइतवार, आषाढ २३ २०८१

  • 547
    SHARES

  • प्रतिनिधि सभा बैठक भोली बस्ने गरी स्थगित

    काठमाडौं। प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले अर्को बैठक भोली सोमबार बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको बताउनु भएको हो।

    आजको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए।

    दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले“लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेस गर्नुभएको थियो।

    यसैबिच, आज सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी पनि गराउनु भयो।

    गत असार १७ गते एमाले र कांग्रेसको सरकार बनाउनका लागि गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले २१ गते संसद् सचिवालयलाई पत्राचार गर्दै २८ गते विश्वासको मत लिने व्यवस्था गर्न आग्रह गर्नुभएको थियो।


    आइतवार, आषाढ २३ २०८१०४:२६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij