Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

विपद्को जोखिममा रहेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्न गृहमन्त्रीको निर्देशन

विपद्को जोखिममा रहेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्न गृहमन्त्रीको निर्देशन

  • शनिवार, आषाढ २२ २०८१

  • 665
    SHARES

  • विपद्को जोखिममा रहेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपदको जोखिममा रहेका परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिनुभएको छ।

    गृहमन्त्रालयमा आज बसेको आपतकालीन बैठकमा बोल्दै उहाँले जोखिममा रहेकाहरुलाई तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

    उहाँले विपदका घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो। बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।

    उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपदबाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो।


    शनिवार, आषाढ २२ २०८१०४:२८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij