Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

लोकतन्त्रवादी हौं भन्नेले नै महामन्त्रीलाई बोलेकै भरमा पार्टीबाटै निकालेछन्ः भीम रावल

लोकतन्त्रवादी हौं भन्नेले नै महामन्त्रीलाई बोलेकै भरमा पार्टीबाटै निकालेछन्ः भीम रावल

  • शनिवार, आषाढ २२ २०८१

  • 1.2K
    SHARES

  • लोकतन्त्रवादी हौं भन्नेले नै महामन्त्रीलाई बोलेकै भरमा पार्टीबाटै निकालेछन्ः भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता डा. भीम रावलले आजभोलि राजनीतिक दलहरुमा प्रश्न सोध्न पनि नपाइने गरेको बताउनु भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै यस्तो बताउनुभएको हो। उहाँले प्रश्न गरेकै भरमा रास्वपाले महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताउनुभएको छ ।

    उहाँले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताउनुभयो।नेता रावलले रास्वपा सभापति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताउनुभयो ।

    नेता रावलले नागरिकता, राहदानी दुई/दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताउनुभयो। उहाँले लामिछानेलाई सो पदमा राख्नेहरु पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो। उहाँले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताउनुभयो ।

    सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताउनुभयो। नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला ठूला सैनिक जहाज आएको बताउनुभयो ।

     


    शनिवार, आषाढ २२ २०८१०४:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij