काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन नयाँ रणनीतिका साथ अगाडि बढ्नुभएको छ। कांग्रेस एमालेले नयाँ समिकरण गरेर अघि बढ्ने निर्णय गरेसँगै प्रचण्डको राजनीतिक उथलपुथलमा ब्रेक लागेको छ ।
संवैधानिक व्यवस्था अनुसार अझै एक महिना प्रधानमन्त्रीमा बहाल रहने प्रयत्न गर्नुभएका प्रचण्डलाई दुरगामी असर पर्ने खालका निर्णय नगर्न एमालेले भनिसकेको छ।सत्ताको प्रमुख हिस्सेदार दल नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै प्रचण्ड सरकार अल्पमतमा परिसकेको छ।
राजनीतिका माहिर खेलाडी प्रचण्ड कांगेस ए्मालेको समिकरण बन्न नदिने लक्ष्यका साथ अगाडि बढेको पनि चर्चा हुने गरेको छ। राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईंले पछिल्लो समय विकसित घटनाक्रमलाई थप चुनौति दिन प्रचण्डले रणनीति चाल चाल्नसक्ने बताउनुभयो।
यदि राष्ट्रपतिले सरकार गठनका लागि संविधानको धारा ७६को ३ बमोजिम आह्वान गरेमा ठुलो दलको हैसियतले शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी गर्नुहुनेछ।देउवा प्रधानमन्त्री बनेपछि सरकारमा सहभागी भएर एमालेलाई पाखा लगाउने र माओवादीलाई सरकारमा सहभागी गराउने रणनीति प्रचण्डले बुन्न सक्नेछन्।
राजनीतिक विश्लेषक चन्द्रकान्त ज्ञवालीले अहिले बनेको समिकरणले संविधान संशोधन त्यति सहज नभएकोले राजनीतिक रोटी सेक्नकैलाई प्रपञ्च गरिएको संकेत गर्नुभएको छ ।प्रधानमन्त्रीले राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरुलाई नै रित्तो हात फर्काउनुभएको छ।
रास्वपाका सांसद शिव नेपालीले जनताको पक्षमा राम्रोे काम गर्दागर्दै कर्मचारीबाट असहयोग भएको दाबी गर्नुभएको छ। यद्यपि बालुवाटारबाट मन्त्री राजीनामा नबुझाएर फर्किएको बारे उहाँले स्पष्ट भन्नुभएन।
प्रचण्डले संसदमा विश्वासको मतको सामाना गर्नुभन्दा पनि नैतिकता आधारमा राजीनामा दिनुमा नै बुद्धिमानी हुने राजनीतिक विश्लेषकहरुको सुझाव छ। झिना मसिना विषयमा कांग्रेसले पनि सौदाबाजी नगर्ने परिस्थिति बन्दै गएको छ।