Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने

प्रधानमन्त्री ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने

  • शुक्रवार, आषाढ २१ २०८१

  • 4.5K
    SHARES

  • प्रधानमन्त्री ‘प्रचण्ड’ले असार २८ मा विश्वासको मत लिने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते शुक्रबार विश्वासको मत लिनु हुने भएको छ।

    सत्ता साझेदार नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएपछी प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिन लाग्नु भएको हो। कांग्रेससँगको सत्ता सहकार्यको सहमतिसँगै नेकपा एमाले सरकारबाट बाहिरिसकेको छ ।

    सरकारमा सहभागी दलहरूमध्ये कुनै दलले आफ्नो समर्थन फिर्ता लिँदा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

    प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गर्नुभएको छ।


    शुक्रवार, आषाढ २१ २०८१०४:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij