Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेकपा एसको केन्द्रीय कमिटीबाट प्रेम आलेसहितका नेताहरु हटाइए

नेकपा एसको केन्द्रीय कमिटीबाट प्रेम आलेसहितका नेताहरु हटाइए

  • शुक्रवार, आषाढ २१ २०८१

  • 5.9K
    SHARES

  • नेकपा एसको केन्द्रीय कमिटीबाट प्रेम आलेसहितका नेताहरु हटाइए

    काठमाडौं। नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटीबाट सांसद प्रेम आले सहितका नेताहरुलाई हटाइएको छ। महाधिवेशनबाट आज ९३ सदस्यीय केन्द्रीय सदस्य घोषणा गर्दा महाधिवेशन बंक गरेका प्रेम आलेसहितका नेताहरुलाई समावेश नगरिएको हो।

    डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद समेत रहनुभएका आले यसअघि आले पोलिटब्युरो सदस्य रहेपनि पार्टीको १० औँ महाधिवेशनमा पनि सहभागी हुनुभएको थिएन। पार्टी नेतृत्वसँग असन्तुष्ट रहेकाले आलेलाई केन्द्रीय सदस्यमा नराखिएको स्रोतले बताएको छ।

    निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटब्युरो कमिटीमा रहेकाहरूलाई केन्द्रीय सदस्य घोषणा गरेको हो।उहाँसँगै साबिक पोलिटव्युरो र स्थायी कमिटीमा रहेका रामजी शर्मा,गोविन्द कोइराला, गौरा प्रसाई कोइराला, सारदा सुवेदी,कृष्ण प्रसाद सापकोटा,प्रेमनारायण पौडेल र हर्कमान तामाङ पनि बिदा हुनु भएको छ।

    महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अरू पदाधिकारी पनि चयन भएको छैन। बाँकी १० दिनभित्र टुंग्याउने नेतृत्वको तयारी छ। नेकपा एसको आज ९३ जनाको नाम घोषणा गरे पनि २९९ सदस्यीय कमिटी बनाउनेछ।

     

     


    शुक्रवार, आषाढ २१ २०८१०३:१३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij