Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेकपा एसले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटी, (नामसहित)

नेकपा एसले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटी, (नामसहित)

  • शुक्रवार, आषाढ २१ २०८१

  • 1.2K
    SHARES

  • नेकपा एसले घोषणा गर्यो ९३ सदस्यीय केन्द्रीय कमिटी, (नामसहित)

    काठमाडौं।नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। अध्यक्ष,सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी भने चयन हुन नसकेपछी ९३ सदस्यीय केन्द्रिय कमिटी घोषणा गर्दै महाधिवेशन नै समापन हुन लागेको छ।

    आज अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गर्नुभएको हो। निवर्तमान केन्द्रीय सचिवालयको बैठकले साबिक पोलिटव्युरो कमिटीमा रहेकाहरुलाई केन्द्रीय सदस्य घोषणा गरेको हो।

    यसअघि अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित भइसक्नु भएको छ।

    विदेशमा रहेका, शारीरिक रुपमा अशक्त भएकाहरुबाहेक अन्य सबै निवर्तमान पोलिटव्युरो सदस्यहरु केन्द्रीय सदस्य घोषणा भएका छन्। दश दिनभित्र केन्द्रीय सदस्यहरुबाट पदाधिकारी चयन हुने नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।

    यस्तो छ, ९३ सदस्यीय केन्द्रिय कमिटी :

    1.webp

    2.webp

    3.webp


    शुक्रवार, आषाढ २१ २०८१०२:५१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij