Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

संसद्लाई एमालेको पत्रः‘प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियौं’

संसद्लाई एमालेको पत्रः‘प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियौं’

  • शुक्रवार, आषाढ २१ २०८१

  • 969
    SHARES

  • संसद्लाई एमालेको पत्रः‘प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लियौं’

    काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको जानकारी संघीय संसद् सचिवालयलाई गराएको छ।

    पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संघीय संसद् महासचिवलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले बताउनुभयो।

    पत्रमार्फत प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको उल्लेख गर्नुभएको छ।

    यसैका लागि प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन असार १९ गते फिर्ता गरिएको उहाँले बताउनुभयो छ। प्रमुख सचेतक बर्तौलाले एमाले सदनमा प्रतिपक्षमा रहने पनि पत्रमार्फत जानकारी गराउनुभएको छ।


    शुक्रवार, आषाढ २१ २०८१०२:३८:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij