Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे, भुसाल र हमालको अडान

नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे, भुसाल र हमालको अडान

  • शुक्रवार, आषाढ २१ २०८१

  • 1.6K
    SHARES

  • नेकपा एसको वरिष्ठ उपाध्यक्षमा पाण्डे, भुसाल र हमालको अडान

    काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा तीन जनाले अडान लिएका छन्।

    प्रज्ञा भवनमा जारी महाधिवेशनले आज पार्टी पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत घोषणा गर्ने तयारी गरेपनि वरिष्ठ उपाध्यक्षमा अहिलेका उपाध्यक्षहरू राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालले अडान नछाडेको एक नेताले बताउनुभयो।

    यद्यपी पार्टीले सबै तहको नेतृत्व सर्वसम्मत आजै घोषणा गर्नेगरी छलफल गरिरहेकोले बेलुकासम्म सबै नेतृत्व घोषणा हुने उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो। गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई बनाउने सहमति भइसकेको छ।

    अहिले नेकपा एसमा वरिष्ठ उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा एक जनालाई व्यवस्थापन गरेर अरूलाई उपाध्यक्षमै दोहो¥याउने नेतृत्वको तयारी छ। नेकपा एसले वरिष्ठसहित ७ उपाध्यक्ष, ४ उपमहासचिव र ७ सचिव नेतृत्वले छान्दैछन्।

    उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहनेछन्। यस्तै, सचिवमा दलित, जनजाति र महिलाबाट एक÷एक जनालाई समेटेर ल्याइँदैछ।


    शुक्रवार, आषाढ २१ २०८१०२:२८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij