Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

सहकारी प्रकरणः छानबिन समितिले लियो गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग बयान

सहकारी प्रकरणः छानबिन समितिले लियो गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग बयान

  • शुक्रवार, आषाढ २१ २०८१

  • 1.0K
    SHARES

  • सहकारी प्रकरणः छानबिन समितिले लियो गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग बयान

    काठमाडौं। सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग बयान लिएको छ।

    सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र श्यामलाल ज्ञवालीसँग बयान लिएको हो।

    हिजोको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो। साथै उनीहरूलाई समितिले बयानका लागि बोलाएको छ।

    हिजो महालेखापरीक्षक तोयम राय,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख,महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो।

    नेकपा एमालेका सांसद सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो।


    शुक्रवार, आषाढ २१ २०८१०२:२०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij