Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

रास्वपाले वेबसाइटबाटै हटायो महामन्त्री मुकुल ढकालको नाम

रास्वपाले वेबसाइटबाटै हटायो महामन्त्री मुकुल ढकालको नाम

  • शुक्रवार, आषाढ २१ २०८१

  • 743
    SHARES

  • रास्वपाले वेबसाइटबाटै हटायो महामन्त्री मुकुल ढकालको नाम

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकालको नाम वेबसाइटबाटै हटाएको छ। गत बुधबार मात्रै रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई कारबाहीस्वरुप एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

    उक्त निलम्बनसँगै पार्टीको वेबसाइटमा रहेको केन्द्रीय कार्यसमितिको सूचीबाटसमेत ढकालको नाम हटाइएको हो। वेबसाइटमा फोटोसहित पहिलो नम्बरमा सभापति रवि लामिछाने, दोस्रोमा उपसभापति डीपी अर्याल र तेस्रोमा स्वर्णिम वाग्लेको नाम छ। तर, महामन्त्रीको स्थान समेत खाली नछाडी एकैपटक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम राखिएको छ।

    रास्वपाले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै ढकाललाई निलम्बनको निर्णय गरेको हो। निलम्बनमा परेसँगै ढकालले ३८ जिल्ला घुमेर तयार गरेको पार्टीको हालको अवस्थाबारेको प्रतिवेदन सार्वजनिक गरिसक्नु भएको छ। प्रतिवेदनमा पार्टी समस्यामा रहेको ठहर गरिएको छ। mukul-dakal.jpg


    शुक्रवार, आषाढ २१ २०८१०२:१६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij