Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस–एमालेको नयाँ समिकरण भत्काउन प्रधानमन्त्री प्रचण्डको जोडबल, कांग्रेसलाई देखाए राष्ट्रियसभा अध्यक्षको ललिपप (खासखबर)

कांग्रेस–एमालेको नयाँ समिकरण भत्काउन प्रधानमन्त्री प्रचण्डको जोडबल, कांग्रेसलाई देखाए राष्ट्रियसभा अध्यक्षको ललिपप (खासखबर)

  • बिहिवार, आषाढ २० २०८१

  • 8.7K
    SHARES

  • कांग्रेस–एमालेको नयाँ समिकरण भत्काउन प्रधानमन्त्री प्रचण्डको जोडबल, कांग्रेसलाई देखाए राष्ट्रियसभा अध्यक्षको ललिपप (खासखबर)

    काठमाडौं। नेकपा एमाले र नेपाली कांग्रेसबीच बनेको नयाँ समिकरणबारे आआफ्ना विश्लेषण शुरु हुन थालेका छन्। अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजै राजीनामा नबुझाउनुलाई कतिपयले संशयका रुपमा पनि हेरेका छन्।

    नेपाली कांग्रेसलाई रिझाउने अन्तिम केही अस्त्र प्रचण्डले प्रयोग गरिरहेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको तर्क रहेको छ। अधिवक्ता एवं विश्लेषक बाबुराम दाहालले प्रचण्डले सत्ता जोगाउनका लागि राष्ट्रियसभाको पदलाई तुरुपको एक्का बनाएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

    प्रचण्डको आफ्नै चरम अस्थिरताका कारण अहिलेको समिकरण बन्न पुगेको धेरै नेताहरुको तर्क रहेको छ। उहाँको धोकाले आजित बनेका एमाले कांग्रेस अहिले आएर राजनीतिक निकास खोज्न पुगेका हुन् ।

    गत फागुन २१ गतेपछि प्रचण्डले तेस्रो पटक समिकरण परिवर्तन गर्दा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले धोका पाएकाहरुको सहकार्यबारे बोल्नुभएको थियो। एमालेका सांसद दयालबहादुर शाहीले हिरण्य कस्यपुले आफूलाई पटकपटक जोगाउन खोज्दापनि नर्सिङोले मारेको उदाहरण पेश गर्नुभएको छ ।

    नेपालको राजनीतिमा तेस्रो दलले घुमाइरहने परिस्थिति असामान्य रहेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभयो । ससाना पार्टीहरुको ब्लयाकमेलिङलाई हटाउन समेत दुई ठूला दलहरु एकठाउँमा उभिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। मुलुुकमा राजनीतिक इमान्दारिताको कमि हुँदै गएको उहाँको अनुभव छ ।

    प्रधानमन्त्री प्रचण्डले अहिलेको अवस्थामा पनि साउनमा आँखा बन्द भएको गोरुजस्तै हरियो देखिरहेको राजनीतिक विश्लेषक महेश भट्टराईले दाबी गर्नुभयो। अल्पमतमा परिसकेकोले राजीनामाको विकल्प नरहेको उहाँको भनाइ छ।

    आफूलाई सत्तामा जोगाउनका लागि प्रचण्डले भएभरको शक्ति परिचालन गरिरहेका छन्। बिपनामा नहुने कुरा सपनामा साकार हुन्छ की भनेझैँ छट्पटी बढेको छ। कांग्रेस एमालेले भने अहिलेको समिकरणलाई जसरी पनि बचाएर ससाना दलहरुको आतंक परास्त गर्ने रणनीति लिएका छन्।


    बिहिवार, आषाढ २० २०८१०८:२५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij