काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ। महासचिव घनश्याम भुसालले आज प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनु भएको हो।
आज पार्टीको महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले विश्वासको मत लिने वा नलिने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै सदनमा विश्वासको मत लिए पक्षमा मतदान गर्ने बताउनु भयो।
महासचिव भुसालले प्रधानमन्त्री प्रचण्डले सरकार नछाडेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो।
उहाँले कांग्रेस–एमालेबीचको सहमतिलाई सतकर्ताका साथ हेरिरहेको बताउँदै संविधान संशोधनको मुद्दा स्पष्ट रूपमा बाहिर नआइसकेकोले स्पष्ट रूपमा आए पार्टीमा छलफल गर्ने जानकारी दिनुभयो।
भुसालले पार्टी नेतृत्व चयनका विषयमा सकारात्मक रूपमा सहमतिको प्रयास भइरहेको भन्दै निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो।