काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न आग्रह गरेको छ। एमाले महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै त्यस्ता निर्णय नगर्न ध्यानाकर्षण गराउनु भएको हो।
विज्ञप्तिमा संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै एमाले सरकारबाट समेत फिर्ता भएको अवस्थामा त्यस्ता निर्णय नगर्न ध्यानाकर्षण गराइएको उल्लेख छ।
यस्तो छ विज्ञप्तिः
