काठमाडौं।सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ।
आज बसेको समितिको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई भोली छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिनुभयो।
समितिले आज महालेखापरिक्षक तोयम राय, सम्पत्ति सुद्धिकरण अनुसन्धान बिभागका महानिर्देशक कमल भट्टराई र सहकारी बिभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको थियो।