Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको जिम्मेवारी

  • बिहिवार, आषाढ २० २०८१

  • 1.6K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई थप आठ मन्त्रालयको जिम्मेवारी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप आठ मन्त्रालयको जिम्मेवारी थपिएको छ। नेकपा (एमाले)बाट सरकारमा सहभागी आठ जना मन्त्रीले गएराती दिएको राजीनामा आज स्वीकृत भएसँगै प्रधानमन्त्रीलाई थप आठवटा मन्त्रालयको जिम्मेवारी थपिएको हो।

    आज राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७को उपधारा (२)को खण्ड (क)बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरुको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोक्नुभएको छ।राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो।

    प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग,वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहनुभएको थियो ।

    यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाउनुभएको थियो।

     


    बिहिवार, आषाढ २० २०८१०३:००:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij