Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित

निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित

  • बिहिवार, आषाढ २० २०८१

  • 562
    SHARES

  • निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ स्थगित

    काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।

    बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।

    आयुक्त प्रधानविरुद्ध एक महिलाले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । उनले प्रधानले आफूलाई यौन दुव्र्यवहार गरेको र प्रधानकै दबाबमा अदालतमा मिलापत्र गरेको भन्दै सुनुवाइ समितिमा उजुरी दिएकी थिइन् । प्रधानविरुद्ध त्यसबाहेक अरु उजुरीहरु पनि परेका थिए ।

    सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाका अनुसार बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।

    उजुरीका विषयमा थप अध्ययन गरेपछि मात्र सुनुवाइ गरिने उहाँले जानकारी दिनुभयो ।


    बिहिवार, आषाढ २० २०८१०१:५६:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij