Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन गगन थापाको सुझाव

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन गगन थापाको सुझाव

  • बिहिवार, आषाढ २० २०८१

  • 667
    SHARES

  • प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन गगन थापाको सुझाव
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ ।
     
    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहाललाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो । 
     
    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन   नेपाली कांग्रसले हर सम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
     
    महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहोर्‍याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताउनुभयो ।
     


    बिहिवार, आषाढ २० २०८१०१:२३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij