Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड नयाँ बनेको गठबन्धनलाई चुनौती दिने लाइनमा, कानूनका जानकारहरू भन्छन् सरकारमा बसेर समय बर्बाद नगरौँ (खास खबर)

प्रधानमन्त्री प्रचण्ड नयाँ बनेको गठबन्धनलाई चुनौती दिने लाइनमा, कानूनका जानकारहरू भन्छन् सरकारमा बसेर समय बर्बाद नगरौँ (खास खबर)

  • बुधवार, आषाढ १९ २०८१

  • 3.2K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड नयाँ बनेको गठबन्धनलाई चुनौती दिने लाइनमा, कानूनका जानकारहरू भन्छन् सरकारमा बसेर समय बर्बाद नगरौँ (खास खबर)
    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बनेको नेकपा एमाले र नेपाली कांग्रेसको समीकरणलाई चुनौती दिने लाइनमा उभिनुभएको छ । संविधानले प्रदत्त गरेको प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिने अधिकार उहाँसँग सुरक्षित रहेपनि मुलुकका दुई ठूला दलहरू एक ठाउँमा उभिइसकेपछि असम्भव विषयमा प्रचण्डको ढिपी रहेको छ  । सकेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रचण्ड रणनीति रहेको राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् । विश्वासको मत लिने, नपाएपछि संविधानको धारा ७६.३ अन्तर्गतको सरकार निर्माणका लागि प्रचण्डको प्रयत्न रहनेछ । त्यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ र त्यहीँ सरकारमा आफू पनि जाने प्रचण्डको रणनीति रहेको छ । यद्यपि, अहिलेको अवस्थामा प्रचण्डले विश्वासको मत नपाए त्यही धारामा टेकेर अर्को प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीका लागि दाबी गर्नसक्ने र विश्वासको मत लिनुपर्ने कानूनका जानकार समेत रहेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको तर्क छ ।  
     
    वरिष्ठ अधिवक्ता एवं नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले संविधानको धारा ७६.२ लाई विश्वासको मत प्राप्त गर्ने अवस्थासम्म प्रयोग गर्नसक्ने बताउनुभयो । दुई ठूला दलहरूले विश्वासको मत लिन्छौँ भनेर राष्ट्रपति कहाँ गए विद्यमान धाराकै सरकार बन्ने उहाँको तर्क छ । 
     
    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुलुकको ठूलो दल नेपाली कांग्रेसले दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्षलाई प्रधानमन्त्री स्विकार्ने सहमति गरिसकेपछि ७६.२ कै सरकार बन्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नैतिकता देखाएर राजीनामा दिनुको विकल्प नरहेको उहाँको भनाइ छ । 
     
    अहिलेको अवस्थामा प्रचण्डबाट सबै दल आजित भइसकेका छन्, अब भने भ्रममा पर्न नहुने तल्लो पंक्तिका नेताहरूले नेतृत्वलाई सुझाव दिएका छन् । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् । सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कांग्रेसले समेत प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ ।
     


    बुधवार, आषाढ १९ २०८१०८:१७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij