काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्री मुकुल ढकाललाई केन्द्रीय समिति बैठकमा समीक्षा प्रतिवेदन पेस गर्नबाट रोक्नुभएकोछ।
आज बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा महामन्त्री ढकालले लिखित प्रस्ताव पेस गर्न खोज्नुभएको थियो।
‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति सभापतिले दिनु भएन,’ महामन्त्री ढकालले भन्नुभएको छ।
उहाँका अनुसार प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।
रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताउनु भएको छ।
आज बिहान बसेको बैठकमा टेप टाँसेर प्रस्तुत भएका उहाँले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहनुभएको थियो तर अध्यक्षले रोकिदिएको बताईएको छ ।