Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेता केसीको निधनको शोकमा कांग्रेसले बुधबार देशभरका सबै कार्यालय बन्द गर्ने

नेता केसीको निधनको शोकमा कांग्रेसले बुधबार देशभरका सबै कार्यालय बन्द गर्ने

  • मंगलवार, कार्तिक १८ २०७७

  • 712
    SHARES

  • नेता केसीको निधनको शोकमा कांग्रेसले बुधबार देशभरका सबै कार्यालय बन्द गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा मनोनित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा भोलि देशभरका कार्यालयहरु बन्द गर्ने भएको छ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सांसद केसीको निधनको शोकमा बुधबार केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उहाँकाअनुसार बैठकले कात्तिक १८, १९ र २० गते तीन दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । त्यस्तै स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने पनि निर्णय गरिएको छ ।

    नेता केसीको गए राति ६३ वर्षको उमेरमा कास्कीको पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित आफ्नै निवासमा निधन भएको थियो । उहाँ २०७४ को निर्वाचनमा समानुपातिक प्रणाली अन्तर्गत पार्टीका तर्फबाट प्रनिनिधिसभा सदस्य हुनुभएको थियो ।

     


    मंगलवार, कार्तिक १८ २०७७०५:०९:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij