Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारको यस्तो फाइल खुल्यो कि सरकार एक रात पनि टिक्न सकेन : गृहमन्त्री लामिछाने

भ्रष्टाचारको यस्तो फाइल खुल्यो कि सरकार एक रात पनि टिक्न सकेन : गृहमन्त्री लामिछाने

  • मंगलवार, आषाढ १८ २०८१

  • 2.2K
    SHARES

  • भ्रष्टाचारको यस्तो फाइल खुल्यो कि सरकार एक रात पनि टिक्न सकेन : गृहमन्त्री लामिछाने
    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको बताउनुभएको छ। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको दाबी गर्नुभयो ।
     
    ‘सबैलाई थाहै छ। तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्छ। अब फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने। यो बेचैनीको अर्को अर्थ के होला त? एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो। यो संविधान जोगाउनुपर्ने, कल्लाई जोगाउन खोजेको?,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सबैले बुझेकै कुरा हो। ठिक छ यसमा मेरो केही भन्नु छैन। संवैधानिक प्रक्रिया सुरु होला त्यसपछि अरू गर्ने कुराहरू छँदै छ। अहिले यति नै भन्न चाहन्छु।’
     
    साथै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस एमालेको बेचैनी बढेको र नयाँ गठबन्धन बनाएको टिप्पणी गर्नुभएको छ । उहाँले केही फाइल खोल्नासाथ एक रातमै सरकार ढलेको बताउनुभयो।
     
    कांग्रेस एमालेका नेताले संविधान जोगाउन र संशोधन आवश्यक रहेकाले नयाँ गठबन्धन बनाउनु परेको बताइरहँदा लामिछानेले संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भनेर सबैले बुझेको टिप्पणी गर्नुभयो।
     
    बेचेन झा पक्राउ परेकाले गठबन्धन फेरबदल भएको हो भनेर सञ्चारकर्मीले गरेको प्रश्नमा लामिछानेले बेचैनीको अरू के अर्थ होला र भन्दै प्रतिप्रश्न गर्नुभयो ।
     
    नक्कली भुटानी शरणार्थी प्रकरणमा गत शुक्रबार बेचन झा पक्राउ परेका थिए । सोही प्रकरणमा शुक्रबारै काठमाडौंको बौद्धबाट एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि पक्राउ परेका थिए ।


    मंगलवार, आषाढ १८ २०८१०३:४८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij