Nov 07 2026 | २०८३, कार्तिक २२ गते

२०८३, कार्तिक २२ गते
  • यो साता चर्चामा :
images

देउवाको आह्वानमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

देउवाको आह्वानमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

  • मंगलवार, आषाढ १८ २०८१

  • 651
    SHARES

  • देउवाको आह्वानमा कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं । सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।

    बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले बताएका छन् ।

    कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।

    समझदारी पत्रलाई आज अन्तिम रुप दिएर दुवै दलका शीर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी छ ।

     


    मंगलवार, आषाढ १८ २०८१०७:१८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij