काठमाडौं।नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइएको छ।हिजो पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा यस्तो निर्णय भएको हो ।
संसदीय दलका नेता श्रेष्ठलाई हटाएर प्रमुख सचेतक गंगाराम चौधरी डगौरा लाई दलको नेता चयन गरिएको छ। त्यस्तै प्रमुख सचेतक पदमा लालवीर चौधरीलाई चयन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
दलको नेता चयनसम्बन्धी पत्र आज संसद् सचिवालयमा दर्ता गर्ने दलका नेता गंगाराम चौधरीले जानकारी दिनुभयो।