Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेकपा एसको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै

नेकपा एसको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै

  • सोमवार, आषाढ १७ २०८१

  • 666
    SHARES

  • नेकपा एसको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को महाधिवेशनमा आज बन्दसत्र सुरु हुने भएको छ। हिजोबाट सुरु भएको महाधिवेशनमा आजबाट बन्दसत्र सुरु हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिनुभयो।

    बन्दसत्रमा प्रतिवेदन पेस गर्ने र छलफल सुरु हुनेछ। एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा एक हजार ८४७ प्रतिनिधि सहभागी हुने बताइएको छ ।

    असार २० गतेसम्म चल्ने महाधिवशेनमार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष पाण्डेले बताउनु भयो।

    महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको थियो।समाजवादीले महाधिवेशनमा निर्वाचित हुन २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २९९ तय गरेको छ ।


    सोमवार, आषाढ १७ २०८१०९:२९:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij