Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आज दुवै सदनको बैठक बस्दै, सांसद र मन्त्रीबिच प्रश्नोत्तर हुने

आज दुवै सदनको बैठक बस्दै, सांसद र मन्त्रीबिच प्रश्नोत्तर हुने

  • सोमवार, आषाढ १७ २०८१

  • 496
    SHARES

  • आज दुवै सदनको बैठक बस्दै, सांसद र मन्त्रीबिच प्रश्नोत्तर हुने

    काठमाडौं। आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै छन्। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ। प्रतिनिधिसभामा आज गृह मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी सांसदहरूको मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्ने, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक,२०८१’ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’दफावार छलफलका लागि प्रस्ताव गर्ने,‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’मा प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ। विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।

    सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची छ।

    ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


    सोमवार, आषाढ १७ २०८१०९:२६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij