Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आज संसद दिवस, व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै, संसद सञ्चालनमा कार्यपालिकाकै शैलीले गिज्याउँदै (खासखबर)

आज संसद दिवस, व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै, संसद सञ्चालनमा कार्यपालिकाकै शैलीले गिज्याउँदै (खासखबर)

  • आइतवार, आषाढ १६ २०८१

  • 463
    SHARES

  • आज संसद दिवस, व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै, संसद सञ्चालनमा कार्यपालिकाकै शैलीले गिज्याउँदै (खासखबर)

    काठमाडौं। संसद स्थापनाको स्मरणमा नेपालमा आज विभिन्न कार्यक्रम गरी दिवस मनाइयो । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ। नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

    संसद स्थापनाको स्मरण गर्दै संघीय संसद र परामर्श दातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम गर्दै संसद दिवस मनाएका छन्। दिवसका अवसरका संसद सचिवालयका प्रवक्ता एकराम गिरिले व्यवस्थापिका भित्रको छलफललाई कार्यपालिकाले टुंगोमा पु¥याउने हुँदा केही काम भइरहेका छन् ।

    पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो। उहाँ २०१७ पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो ।

    २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो। लामो इतिहासपछि मुलुकको व्यवस्था परिवर्तन भएपनि अब अवस्थाको सुधार्न लाग्नुपर्ने रास्वपाका सांसद गणेश पराजुलीको भनाइ छ।

    नेपालको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन। पहिलो संसद्को निर्वाचन भएको ६ दशकभन्दा बढी भएको छ। नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका भने पाएका छैनन्।

    माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले २०७२ सालपछिका ९ वर्षसम्म पनि उल्लेख्य प्रगति हुन नसकेको स्वीकार गर्नुभयो।राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले यो व्यवस्थाका हिमायतीहरु नसुध्रिएसम्म संसदले सार्थकता नपाउने बताउनुभयो। संसद अहिलेपनि संक्रमणको अवस्थामा रहेको केसीको दाबी छ ।

    संसद सरकारको मनमौजी अनुसार चल्ने र बन्द हुने प्रणालीले व्यवस्थालाई गिज्याएको छ। पर्याप्त छलफल नहुँदै बजेट ल्याउने, पारित गर्ने, समय नपुग्दै बन्द गर्ने, स्वार्थ सिद्ध नहुँदा विघटन गर्ने कारणले संसदको गरिमा खस्किँदै गएको छ।


    आइतवार, आषाढ १६ २०८१०८:०६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij