Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनले भोली देशभर पत्रकार महासंघमा धर्ना दिने

प्रेस युनियनले भोली देशभर पत्रकार महासंघमा धर्ना दिने

  • आइतवार, आषाढ १६ २०८१

  • 496
    SHARES

  • प्रेस युनियनले भोली देशभर पत्रकार महासंघमा धर्ना दिने

    काठमाडौं। नेपाल प्रेस युनियनले भोली सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ। युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

    महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।

    पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो ।बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिनुभयो।

    प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ।


    आइतवार, आषाढ १६ २०८१०६:४३:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij