Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

“हामी बढी बोल्दा अप्ठ्यारोमा पर्‍यौं, दिग्गजको अघि ‘छोटी मुख बढी बात’ भयो” : रवि लामिछाने

“हामी बढी बोल्दा अप्ठ्यारोमा पर्‍यौं, दिग्गजको अघि ‘छोटी मुख बढी बात’ भयो” : रवि लामिछाने

  • आइतवार, आषाढ १६ २०८१

  • 787
    SHARES

  • “हामी बढी बोल्दा अप्ठ्यारोमा पर्‍यौं, दिग्गजको अघि ‘छोटी मुख बढी बात’ भयो” : रवि लामिछाने

    काठमाडौं। उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले बढी बोल्दा अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताउनु भएको छ। नेकपा (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

    उहाँले भन्नुभयो, “पछि जन्मिएकोले ठूलो कुरा गर्नु हुँदैन । दिग्गज व्यक्तिहरूको अघि ‘छोटी मुख बढी बात’जस्तो हुन्छ । बढी बोल्ने भएकाले केही अप्ठ्यारो पर्दै आएकोले ध्यान दिनुपर्ने भएको छ।”

    लामिछानेले लोकतन्त्रमा खतरा भए जनताले जोगाइदिन्छन् भन्दै नेताहरूले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउनु भएको हो। “लोकतन्त्रमा खतरा छ भने हामीबाट छ, जनताबाट छैन।”

    राष्ट्रिय सहमति गरेर अघि बढ्न कसले रोक्यो भन्ने प्रश्न गर्दै उहाँले थप्नुभयो, “हामी सबैको भाषणमा जनताको चिन्ता छ, तर व्यवहारमा चिन्ता देखिँदैन । जनजीविकाको मुद्दामा एक हुनसक्छौँ ।”

    उहाँले रास्वपा भर्खरै जन्मिएको राजनीतिक दल भए पनि संविधान र यसका व्यवस्था स्वीकार गरिसकेको बताउनुभयो।


    आइतवार, आषाढ १६ २०८१०४:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij