Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

लालीगुराँस सहकारीका अध्यक्षसहित चारजना पक्राउ, यी हुन् पक्राउ परेकाहरु...

लालीगुराँस सहकारीका अध्यक्षसहित चारजना पक्राउ, यी हुन् पक्राउ परेकाहरु...

  • आइतवार, आषाढ १६ २०८१

  • 711
    SHARES

  • लालीगुराँस सहकारीका अध्यक्षसहित चारजना पक्राउ, यी हुन् पक्राउ परेकाहरु...

    काठमाडौं। ललितपुरको लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन्। आज काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै बचतकर्ताको बचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

    पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने आशा देखाई बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो।

    लालीगुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ, सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधान पक्राउ परेको उहाँको भनाइ छ। प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखा समितिविरुद्ध तीन करोड रकम ठगी गरेको जाहेरी परेको बताउनुभयो।

    भट्टराईका अनुसार लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगी सम्बन्धी कसुरमा मुर्दा भएको थियो।

     


    आइतवार, आषाढ १६ २०८१०२:५२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij