काठमाडौं। उपसभामुख ईन्दिरा राना मगरले सांसदहरू संसद बैठकमै निदाउने गरेको बताउनु भएको छ।
आज ६६औं संसद दिवसका अवसमा संघीय संसद भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसद बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको बताउनु भएको हो।
उहाँले भन्नुभयो,‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू, यहाँ पनि धेरै जना सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु।’
उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गर्नुभयो।