काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन्।प्रहरीले झालाई कञ्चनपुरको नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो।
यही प्रकरणमा हिजो नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए। यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनःअनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो। आफू पक्राउ परेपछि टोखा नगरपालिका–६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए।
झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ । पक्राउ पछी अहिले उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै वीर अस्पतालमा लगिएको छ।