Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कांग्रेस पदाधिकारी बैठक स्थगित, यस्तो छ कारण

कांग्रेस पदाधिकारी बैठक स्थगित, यस्तो छ कारण

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.3K
    SHARES

  • कांग्रेस पदाधिकारी बैठक स्थगित, यस्तो छ कारण

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

    कांग्रेस नेता एवम् बहालवाला सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिनुुभएको छ । केसी कांग्रेसका आमन्त्रित सदस्यसमेत हुनुहुन्थ्यो ।

    कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने जनाइएको छ।

    पार्टीभित्र देखिएको विवाद समाधान गर्न भन्दै सोमबार पदाधिकारी बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति भने कुनै हुन सकेको थिएन ।

    आज पनि बैठक बसेर छलफल गर्ने तय भए पनि बहालवाला सांसदकै निधन भएपछि बैठक रोकिएको हो ।

     


    मंगलवार, कार्तिक १८ २०७७१२:२८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij