Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मेयर बालेनले १२ करोड बढी दुरुपयोग गरेको भन्दै महालेखाले उठायो प्रश्न

मेयर बालेनले १२ करोड बढी दुरुपयोग गरेको भन्दै महालेखाले उठायो प्रश्न

  • शुक्रवार, आषाढ १४ २०८१

  • 904
    SHARES

  • मेयर बालेनले १२ करोड बढी दुरुपयोग गरेको भन्दै महालेखाले उठायो प्रश्न

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) माथी महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ। बालेनले मेयर भएको पहिलोवर्ष नेताका नामका प्रतिष्ठान, फाउन्डेसन र संघ–संस्थालाई १२ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको पाइएको भन्दै महालेखाले प्रश्न उठाएको हो।

    २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बालेन काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछी २०७९ असार १० गते नगरसभामा उपमेयर सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको थियो।

    त्यही रकममध्ये १२ करोड १५ लाख रुपैयाँ बालेनले कारवाही गर्नुपर्नेमा विभिन्न नेताका नाममा सञ्चालित प्रतिष्ठान, फाउन्डेसन र संघसंस्थालाई अनुदान स्वरुप वितरण गरेको पाइएको हो।

    महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष२०७९/८०को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा यसरी बाँडिएको रकमको सम्बन्धमा प्रश्न उठाइएको छ।

    महालेखापरीक्षकको प्रतिवेदन अनुसार,आर्थिक वर्ष २०७९/८० मा संघीय तथा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम र पालिकाबाट स्वीकृत नीति तथा कार्यक्रम अनुसार करिब १०० जना विशिष्ट व्यक्तिहरुका नाममा स्थापित प्रतिष्ठान, फाउन्डेसन र अन्य संघसंस्थालाई अनुदान रकम वितरण गरिएको छ।


    शुक्रवार, आषाढ १४ २०८१०४:२२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij