Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

पुनः वामपन्थी एकताको प्रक्रिया सुरु भयोः प्रधानमन्त्री प्रचण्ड

पुनः वामपन्थी एकताको प्रक्रिया सुरु भयोः प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, आषाढ १४ २०८१

  • 1.1K
    SHARES

  • पुनः वामपन्थी एकताको प्रक्रिया सुरु भयोः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसकेको बताउनुभएको छ।

    आज काठमाडौंमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले वामपन्थी एकतालाई सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो।

    प्रधानमन्त्री प्रचण्डले नकारात्मक भाष्य चिर्ने र जनताको पक्षमा अझ राम्रा कामहरु गरेर जनतामा आशा र भरोसा जगाउनेतिर केन्द्रित हुनुपर्ने बेला भएको बताउनुभयो।

    उहाँले क्रान्ति र परिवर्तनका उपलब्धिहरु संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकारले अहिले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको जिकिर गर्नुभयो ।

    उहाँले सरकारको यस प्रयासमा नेपालका सबै वामपन्थी लोकतान्त्रिक एवं प्रगतिशिल शक्तिको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।अहिलेको देशको परिस्थितिबारे नकारात्मक भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य चिरेर अघि बढ्नुपर्ने बताउनुभयो।


    शुक्रवार, आषाढ १४ २०८१०४:०५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij