काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुग्नु भएको हो।
उक्त भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री र राष्ट्रपतिबीच विभिन्न समयमा नियमित भेट हुने गरेको छ।