Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पार्टी भित्रको विवादका बारेमा काँग्रेसले आज पनि छलफल गर्ने

पार्टी भित्रको विवादका बारेमा काँग्रेसले आज पनि छलफल गर्ने

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.0K
    SHARES

  • पार्टी भित्रको विवादका बारेमा काँग्रेसले आज पनि छलफल गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी तथा प्रभावशाली नेताहरुका बीचमा आज पनि पार्टी भित्रको विवादका बारेमा छलफल हुने भएको छ ।

    हिजोबाट शुरु भएको बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद, कोरोना महामारी नियन्त्रणमा सरकारका कामकारबाहीलगायतका विषयमा छलफल भएको थियो ।

    आजको बैठकमा कोरोना संकटको वेला सरकार संवेदनशील नभएको देखिएकाले जनताको सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गर्न कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले जानकारी दिनुभयो ।

    पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठकले तय गरेको खाकाका आधारमा केन्द्रीय समिति बैठकमार्फत निर्णय गरेर अगाडि बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।

    हिजोको बैठकमा पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले राख्दै आएको असन्तुष्टि र महाधिवेशन केन्द्रित छलफल भएको उहाँको भनाई छ । उहाँले पार्टीभित्र देखिएको मतभिन्नता र महाधिवेशन हुने–नहुने विषयमा देखिएको अन्योलका विषयमा पनि छलफल भएको बताउनुभयो ।

    यस्तै कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो ।

     


    मंगलवार, कार्तिक १८ २०७७०८:३५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij